PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टुँडिखेलमा नेपाल आर्मीको ड्रेसमा भारतीय सेना प्रमुख, फोटोमा हेर्नुस् सेना दिवसका झाँकी

टुँडिखेलमा नेपाल आर्मीको ड्रेसमा भारतीय सेना प्रमुख, फोटोमा हेर्नुस् सेना दिवसका झाँकी


काठमाडौँ :  टुँडिखेलस्थित सैनिक मञ्चमा मंगलबार भारतीय सेना प्रमुख जनरल विपिन रावत नेपाल आर्मीको ड्रेसमा उपस्थित भए। सेनाले मनाउने ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ का अवसरमा उनलाई विशेष अतिथिका रुपमा डाकिएको थियो।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिएको थियो भने राइफल र तोपबाट महाशिवरात्री बढाई गरिएको थियो । समारोहमा नेपाली सैनिकहरुबाट फ्रि–फल जम्प, सशस्त्र सैनिक कला, महिला सैनिकहरुले सिन्क्रोनाइज्ड ड्रिल, खुकुरी मार्सल आर्ट तथा ‘कथा गाथा नेपाली सेनाको’ नामक संगितमय नाट्य प्रस्तुत गरिएको थियो भने गोर्खा रेजिमेण्ट व्याण्ड (भारत), विग्रेड अफ गोर्खा व्याण्ड (वेलायत) र नेपाली सेनाको सैनिक ब्याण्डबाट छुट्टाछुट्टै तथा संयुक्त ब्याण्ड प्रस्तुति प्रदर्शन भएको थियो।

 


ट्रेन्डिङ पोस्ट

Ncell