PahiloPost

May 27, 2018 | १३ जेठ २०७५

न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन


पहिलोपोस्ट /पहिलोपोस्ट

न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

पटिहानी (चितवन) : चितवनको पर्यटकीय नगरी पटिहानीमा भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। मंगलबार सम्पन्न भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले जितेको एपीएफले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२१ ले जित्दै च्याम्पियन बनेको हो।

उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता न्यू डायमण्डले १ लाख ट्रफी र प्रमाणपत्र हात पार्‍यो।

यस्तै नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ। नेपाल आर्मीलाई २५–१६, २५–१९, २५–२० को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पारेको हो। पुलिसले ५० हजार र सान्त्वना स्थान हासिल गरेको नेपाल आर्मीले २५ हजार नगद पुरस्कार पायो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन्। उनले नगद १० हजार पुरस्कार पाइन्।

यसेगरी न्यू डामयण्डकी प्रतिभा माली वेष्ट स्पाइकर र कृपा अधिकारी वेष्ट सर्भर घोषित भइन्। नेपाल पुलिसकी कमला पुन वेष्ट सेटर, एपीएफकी उषा विष्ट वेष्ट ब्लकर, एपीएफकी मनिषा तामाङ वेष्ट डिफेन्डर र आर्मीकी निकता ठगुन्ना नयाँ प्रतिभाशाली खेलाडी घोषित भए। व्यक्तिगत उत्कृष्ट प्रत्येकले नगद ५ हजार हात पारे।

प्रतियोगिताको विजेयि टिम तथा खेलाडीलाई नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार वितरण गरेका थिए। भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा भएको प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा बंगलादेशको इफ्टा र भारतको हरियाणा पुलिस क्लबसहित ७ वटा टिमको सहभागिता रहेको थियो।



न्यू डायमण्डलाई हराउँदै एपीएफ च्याम्पियन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट