PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

खुकुरी टी-२० कप : शान्तिनगर युथ क्लब र केसीटिसी सेमिफाइनलमा, आर्मी र जिएचसिए बाहिरियो


पहिलोपोस्ट /पहिलोपोस्ट

खुकुरी टी-२० कप : शान्तिनगर युथ क्लब र केसीटिसी सेमिफाइनलमा, आर्मी र जिएचसिए बाहिरियो

काठमाडौं : शान्तिनगर युथ क्लब र केसीटिसी खुकुरी च्यालेन्जर्स टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलवार भएको क्वाटरफाइनलमा शान्तिनगरले त्रिभुवन आर्मी तथा केसीटिसीले जिएचसिएलाई पराजित गर्दै अनतिम चारमा स्थान बनाएका हुन्।

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा शान्तिनगरले आर्मीलाई ७ रनले हरायो। टु हारेर पहिले ब्याटिङ गरेको शान्तिनगरले सुनिल धमलाको ५१ रन मद्दतमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। जवाफमा आर्मीले ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो।

आर्मीका लागि लोकेन्द्र चन्दले सर्वाधिक २० रन बनाए।

आर्मीलाई जितबाट रोक्न बलिङमा शान्तिनगरका योगेन्द्र सिंह कार्कीले ४ तथा मन्जित श्रेष्ठले ३ विकेट लिए। योगेन्द्र म्यान अफ दी म्याच घोषित भए।

अर्को क्वाटरफाइनलमा केसीटिसीले चिएचसिएलाई २४ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको केसीटिसीले सुधिर चौधरीको ६४ रन मद्दतमा १२३ रन बनाएको थियो। केसीटिसीका लागि दुर्गेश थापाले ३५ रन जोडे।

जवाफमा चिएचसिए १८.४ ओभरमा ९९ रनमै अलआउट भयो। जिएचसिएका लागि प्रदिप ऐरीले २३ तथा कमल सिंह ऐरीले २० रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन्।

जिएचसिएलाई अलआउट गर्न केसीटिसीका सुमित झाले ३ तथा प्रितम थापाले २ विकेट लिए।

सुधिर चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal