PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

किरणको टोली मिनेर्भा पञ्जाव पराजित, हारेपनि शीर्ष स्थानमा यथावत


पहिलोपोस्ट

किरणको टोली मिनेर्भा पञ्जाव पराजित, हारेपनि शीर्ष स्थानमा यथावत

काठमाडौं : आइ लिग अन्तर्गत मंगलवार भएको खेलमा नेपालका गोलकिर किरण चेम्जोङको टिम मिनेर्भा पञ्जाव किंगफिसर इस्ट बंगलासँग पराजित भएको छ।

मिनेर्भालाई उसैको मैदानमा पराजित गर्न इस्ट बंगलाका लागि कोलिन लोवोले ६०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। गोल खाएलगत्तै किरण गोलिकर डागरलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए। त्यसपछि मिनेर्भाले कुनै गोल खाएन तर गोल गर्न नसक्दा पराजित भयो।

हारपछि पनि १४ खेलबाट २९ अंक रहेको मिनेर्भा शीर्ष स्थानमा कायमै छ। १५ खेलबाट २८ अंक रहेको नेरोका दोस्रो स्थानमा छ। मिनेर्भालाई पराजित गर्दै १४ खेलबाट २६ अंक जोडेको इस्ट बंगाल तेस्रो स्थानमा छ।



किरणको टोली मिनेर्भा पञ्जाव पराजित, हारेपनि शीर्ष स्थानमा यथावत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट