PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

आगलागीका कारण त्रिभुवन विमानस्थल ९ मिनेटका लागि बन्द


आगलागीका कारण त्रिभुवन विमानस्थल ९ मिनेटका लागि बन्द
फाइल फोटो
काठमाडौं : फोहोरको थुप्रोमा आगलागी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानको उडान तथा अवतरण केही समय प्रभावित भयो। मंगलबार दिउँसो साढे ४ बजेबाट आगलागी हुँदा विमानस्थल ९ मिनेटका लागि बन्द गरिएको थियो। 
 
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मंगलबार दिउँसो ४:३४ बजेदेखि ४:४३ बजेसम्म विमानस्थल बन्द गरिएको जानकारी दिए। 
 
'विमानस्थलको पश्चिमतर्फ रहेको डोमेस्टिक टर्मिनलको कार पार्किङ नजिकै फोहोर थुपारिएको ठाउँमा आगलागी भएको रहेछ। के कारणले आगो लाग्यो थाहा हुन सकेको छैन। आगलागीका कारण ९ मिनेट विमानस्थल बन्द गर्नुपर्‍यो,' उनले भने। 

आगो लागेको केही समयमै वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो। 
 
अपरान्ह ४:४३ बजेपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आइसकेको ठाकुरले जानकारी दिए। अहिले त्यहाँ लागेको आगो नियन्त्रणमा लिइसकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal