PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शुरु भयो बक्स अफिसः फागुन ७ बाट लागु हुने



पहिलोपोस्ट

शुरु भयो बक्स अफिसः फागुन ७ बाट लागु हुने

काठमाडौंः नेपाल चलचित्र बिकास बोर्डले फागुन ७ देखि लागु हुनेगरी बक्स अफिस प्रणाली इ टिकेटिङ शुरु गरिएको छ। मंगलबार राजधानीमा बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी बक्स अफिस प्रणालीबारे जानकारी दिएको हो। 

बक्स अफिस सिष्टम बोर्ड मातहतमा रहने छ। जसको संचालन सुबिसु नेटर्वकको सहकार्यमा डाटाहबले गर्नेछ। यस्तै उपत्यका बाहिर संचालनमा रहेका सिनेमा हलहरुमा सुबिसुले निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने पत्रकार सम्मेलनमाझ बताइएको छ। 

सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोर्ड अध्यक्ष, निकिता पौडेल, बक्स अफिस कार्यन्वयन समिति संयोजक नरेन्द्र महर्जन, सदस्यहरु प्रदीप कुमार उदय, आकाश अधिकारी उपस्थित थिए।

फाल्गुन देखि उपत्या भित्र संचालनमा रहेका मल्बीप्लेक्स सिनेमा हलहरुमा शुरु हुने इ टिकेटिङ सिष्टम बैशाख १ देखि सम्पूर्ण सिनेमा हलहरुमा र श्रावण १ देखि उपत्यका बाहिरका सिनेमा हलहरुमा इ टिकेटिङ सिष्टमा जडान गरिने जानकारी अध्यक्ष पौडेलले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell