PahiloPost

Aug 20, 2018 | ४ भदौ २०७५

फान अवार्डको दोस्रो संस्करण हुँदै, २४ विधामा बाढिनेछन् अवार्ड


पहिलोपोस्ट

फान अवार्डको दोस्रो संस्करण हुँदै, २४ विधामा बाढिनेछन् अवार्ड

काठमाडौं: ‘फान अवार्ड २०७३’ को औपचारिक घोषणा भएको छ। सोमवार कार्यक्रमका आयोजना गरी नेपाल चलचित्र कलाकार संघले अवार्डको दोस्रो संस्करण बारे जानकारी दिएको हो। ‘फान अवार्ड’ चैत १६ गते हुँदैछ।

अध्यक्ष रामकेशर बोगटीका अनुसार २४ फरक विधामा फिल्म र फिल्मकर्मी पुरस्कृत हुनेछन्।

अवार्डमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव-निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव-अभिनेत्री, उत्कृष्ट नव-अभिनेता, उत्कृष्ट सह-अभिनेत्री, उत्कृष्ट सह-अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकारको विधामा ‘फान अवार्ड’ वितरण गरिने बताइएको हो।

कार्यक्रम आर्मी अफिसर्स क्लबमा हुनेछ।



फान अवार्डको दोस्रो संस्करण हुँदै, २४ विधामा बाढिनेछन् अवार्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट