PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शिवरात्रीमा गाँजा खाने मुडमा हुनुहुन्छ? यस्तो छ व्यवस्था



सविन ढकाल

शिवरात्रीमा गाँजा खाने मुडमा हुनुहुन्छ? यस्तो छ व्यवस्था

काठमाडौं : महाशिवरात्री पर्वको अवसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। पशुपति क्षेत्रमा भिड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्ने ४ हजार ३ सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।

'शिवरात्रीका लागि आवश्यक सुरक्षा तयारी गरेका छौं,' जोशीले भने, 'कुनै पनि अवान्छित गतिविधि नियन्त्रण गर्न प्रहरी जनशक्तिदेखि प्रविधिको समेत प्रयोग गरिएको छ।'

भिडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोहको पहिचान तथा नियन्त्रणका लागि सादा पोसाकका १ सय ५० महिला प्रहरी समेत परिचान गरिएको छ। परिसरले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्ने १ एसपीको कमान्डमा पोस्ट र १२ स्थानमा सहायक कमान्ड पोस्ट समेत खडा गरेको जोशीले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयमसेवकको सहयोगमा बढीमा २ घन्टाभित्र दर्शन गरिसक्ने व्यवस्था मिलाएको छ।

शिवरात्रीमा शिवको प्रसाद भन्दै गाँजा-भाङ जस्ता प्रतिबन्धित पदार्थ बेच्ने, सेवन गर्ने र बिक्री वितरण गर्नेलाई समेत कडा कारबाही गर्ने एसपी जोशीले बताए। 

उनले भने, 'कसैले पनि प्रतिबन्धित पदार्थको कारोबार गरेको देखिएमा कानुन बमोजिम कारबाही हुन्छ। धर्मको नाम कुनै छुट हुँदैन।'

पशुपति क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी गर्न प्रहरीले ३६ स्थानमा सिसिटिभी क्यामरा समेत जडान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell