PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

नवराज सिलवालको कीर्ते मुद्दामा निष्पक्ष छानबिन गर्छौँ : काठमाडौँका नयाँ प्रहरी प्रमुख पोखरेल


सविन ढकाल/पहिलोपोस्ट

नवराज सिलवालको कीर्ते मुद्दामा निष्पक्ष छानबिन गर्छौँ : काठमाडौँका नयाँ प्रहरी प्रमुख पोखरेल
काठमाडौँ : एसएसपी विश्वराज पोखरेलले सोमबार बिहानदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एसएसपी रविन्द्र धानुकलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर पोखरेललाई जिम्मेवारी तोकेको थियो। पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको पत्र आइतबार बुझेका थिए।

काठमाडौंको प्रहरी प्रमुख हुन धेरै प्रहरीको दौडधुप हुने गर्छन्। आफ्नो काम देखाउने चुनौति र अवसर दुवै भएकाले धेरै प्रहरीको रोजाइमा पर्ने गर्छ काठमाडौं प्रहरी प्रमुख।

सोमबारबाट प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी पोखरेलले यसलाई अवसरको रुपमा लिएका छन्। उनी भन्छन्, 'अहिले भइरहेको भन्दा कसरी राम्रो गर्न सक्ने र आफ्नो कार्यकालमा सबैले महसूस हुने र गर्व गर्ने काम कसरी गर्ने भन्ने हो। राम्रो काम गरियो भने मात्र हो। नत्र आयो गयो मात्र हो।'

एसएसपी धानुकलाई प्रहरी संगठनको चेन अफ कमान्ड बाहिर गएर काम गरेको आरोप लगाइएको छ। धानुक नेतृत्वमा रहदा मातहतका कार्यालयमा आर्थिक चलखेल भएको भन्दै हेडक्वार्टरले फिर्ता बोलाएको प्रहरी स्रोतको दावी छ।

एसएसपी पोखरेलले आफूले इमान्दारीका साथ काम गर्ने दावी गर्छन्। उनी भन्छन्, 'इमान्दारीपूर्वक व्यवसायी ढंगले संगठनको चेन अफ कमान्डमा रहेर काम गर्नु महत्वपूर्ण हो। यसमा सबैभन्दा बढी ध्यान दिन्छु।'

एसएसपी धानुकले पूर्व डिआइजी नवराज सिलवालको किर्ते मुद्दाको छानविनलाई आलटाल गरेको भन्दै उनलाई हटाएको प्रहरी स्रोतले जनाएको छ। त्यस्तै धानुकले प्रहरीको खोजी सूचीमा रहेका सिलवालका गोप्य सूचना समेत दिने गरेको आरोप उनीमाथि लागेको छ।
 
पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालले सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्याङ्न फाइल कीर्तेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।

सर्वोच्च अदालतले कीर्तेमा अनुसन्धान गर्नू भनी आदेशससहितको फैसला गरेपछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपूछ र बयान लिनुपर्ने भन्दै पुस १८ गते पत्र काटेको थियो।

पत्र काटेसँगै सिलवाल प्रहरीको खोजी सूचीमा छन्। परिसरले सिलवालले अदालतमा बुझाएको कागजपत्र कार्यसम्पादन मूल्यांकन फारमलाई ‘ल्याब टेस्ट’ गराइसकेको छ।

एसएसपी पोखरेल पूर्व डिआइजी सिलवालको अनुसन्धान प्रकृया अनुसार नै अगाडि बढाउने दावी गर्छन्।

'अनुसन्धानको बिषयमा कुनै पनि पूर्वाग्रह भएर काम गर्दैनौं। यसमा कुनै दृष्टिकोण बोकेर यसो गर्छु उसो गर्छु भन्ने हुदैन। अनुसन्धानमा जे देखिन्छ त्यही हुन्छ,' उनले पहिलोपोस्टलाई भने। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal