PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एम्बुलेन्सको ठक्करबाट चितवनमा भारतीय नागरिकको मृत्यु



पहिलोपोस्ट

एम्बुलेन्सको ठक्करबाट चितवनमा भारतीय नागरिकको मृत्यु

रत्ननगरः पूर्वी चितवनको खैरहनीस्थित ज्यामिरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो।

पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो। जनकपुरबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १२३३ नंको बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

बाटो काटेर जाने क्रममा राति १ बजे एम्बुलेन्सको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा बिहान २ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ भने एम्बुलेन्स चालक नियन्त्रणमा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell