PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिसिटिभी क्यामरा जोडेपछि ४ दिनमा १० लाख विद्यार्थीले गरे परीक्षा 'ड्रप'



पहिलोपोस्ट

सिसिटिभी क्यामरा जोडेपछि ४ दिनमा १० लाख विद्यार्थीले गरे परीक्षा 'ड्रप'

लखनउ : नयाँ रेकर्ड बनाउँदै पछिल्लो चार दिनमा १० लाखले उत्तर प्रदेशको बोर्ड परीक्षा 'ड्रप' गरेका छन्। शिक्षामा रहेको माफियालाई नियन्त्रण गर्ने प्रयास लगत्तै अघिल्लो वर्षभन्दा दोब्बर परीक्षाबाट बाहिरिएका हुन्। 

यस वर्ष करिब ६६ लाख विद्यार्थीले युपी बोर्ड परीक्षाका लागि फर्म भरेका थिए। कक्षा दश र १२ लागि उनीहरुले फर्म भरेका हुन्। परीक्षा फेब्रुअरी ६ बाट सुरु भएको हो। चार दिनमा कूल १५ प्रतिशत विद्यार्थीले परीक्षा नै छाडेका हुन्। एक महिना लामो परीक्षामा थप विद्यार्थीहरु ड्रप हुने अपेक्षा गरिएको छ। कक्षा १० को परीक्षा फेब्रुअरी २२ र १२ को मार्च १२ मा सकिनेछ।

शुक्रबार दश कक्षाका विद्यार्थीले अंग्रेजी र १२ का विद्यार्थीले गणितको परीक्षा दिए। शिक्षा विभागले यी दुई विषयमा धेरै विद्यार्थी सधै ड्रप हुने जनाएको छ। सन् २०१६ मा परीक्षा ड्रप गर्नेको संख्या ६ लाख ४० हजार थियो।  

सन् १९९१ र ९२ मा राजनाथ सिंह शिक्षा मन्त्री हुँदा परीक्षामा चिट चोर्न र कपी गर्न रोक लगाउने नीतिगत व्यवस्था लागू गरेका थिए। त्यतिखेर क्रमश: १ लाख ३० हजार र १ लाख ६० हजार विद्यार्थीले परीक्षा त्यागेका थिए। 

शिक्षा क्षेत्रका माफियालाई तह लगाउन सरकारले परीक्षा केन्द्रहरुमा सीसी टिभी क्यामरा जडान गरेपछि विद्यार्थीको ड्रप बढेको हो। सामुहिक रुपमा चिट चोराउने परम्पराबाट गुज्रिएको उत्तर प्रदेशको शिक्षा प्रणालीमा परिवर्तनका लागि कडाइ थालिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell