PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भ्रममा नपर्नुस्, म पहिलो महिला शंकराचार्य भइसकेकी छैन



पहिलोपोस्ट

भ्रममा नपर्नुस्, म पहिलो महिला शंकराचार्य भइसकेकी छैन

  • महामण्डलेश्वर हेमानन्द गिरी
विश्वलाई जिज्ञासा छ महिला शंकराचार्य युगयुगबाट नभएको। कुनै पनि धर्म समप्रदायमा उच्च स्थानमा मातृशक्तिलाई अवास्थित नगरिएको अवस्थामा आज सनातन परमपरावादीले मातृशक्तिलाई दुर्गा स्थानमा स्थापित गर्ने कोशिश गर्नुभएको छ। 

बीचमा जुन फेसबुकमा आयो, टेलिभिजनमा आयो- त्यसैको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको हो। हामी छनोटको अन्तिम चरणमा पुगेका छौं। 

हामीसंग शंकराचार्यको दाबेदारीमा स्वरुपानन्द आचार्यज्यु हुनुहुन्थ्यो। उहाँ अति नै सिनियर उमेरले पनि उहाँ ८५/८६ वर्षको हुनुहुन्छ। अध्यात्म क्षेत्रले पनि धेरै अग्रज हुनुहुन्छ। उहाँले सुप्रिम कोर्टमा याचिका दायर गर्नुभएको थियो। त्यो याचिका अहिले खारेज भएको अवस्था र अनि अहिले चाहिँ धर्म महामण्डल, विद्वत परिषद् र अखडा परिषद्ले अब नयाँ रुप, निर्णय र नयाँ निकास मठलाई दिनु पर्छ भन्ने ठाउँमा उहाँहरु पुग्नुभएको छ। 

त्यही सिलसिलामा मलाई अखडा परिषद्ले तपाई तयारी पोजिसनमा बस्नुहोस है भन्ने गुलियो अलिकति वचन आएको मात्र हो। तर हाम्रो पूर्ण छनोट भैसकेको छैन। हामी छनोटको प्रक्रियामा नै छौ। 

यो पूर्ण चाँहि कहिले हुन्छ भने, सिनिएर शंकराचार्य आएर हामीलाई रुद्र अभिषेक गरिन्छ। अनि गद्दीरोहण गर्ने कार्यक्रम हुन्छ। हजारौ सन्यासी बसेर तपस्वी ऋषिमुनि बसेर भण्डारण कार्यक्रम हुन्छ। दक्षिणा कार्यक्रम हुन्छ।
 
सारा नेपाली मान्छेहरु उपस्थित हुन्छौ हामी। हाम्रो लागि त उत्सवको कुरा हो। गौरवको कुरा हो। त्यसकारण सबै जनाको बीचमा यो उत्सवमय उल्लासमय खुसीमय आनन्दमय यो वातावरणमा यसको अभिषेक हुन्छ। अहिले हामी छनोटको प्रक्रियामै छौ।
 
यो पब्लिकमा जुन गइरहेको छ, मैले जो बधाई खाइरहेको छु। भोलि जे पनि हुन सक्छ। भूकम्प पनि आउन सक्छ। प्रलय हुन सक्छ। बारिस एक्कै छिनमा हुन सक्छ। छनोट प्रक्रियामा बसेका मान्छेको मन तुरुन्त परिर्वतन पनि हुनसक्छ। 

त्यस कारण यो परिस्थितिमा हामीले यस्तो समाचार सम्प्रेषण हुँदा खेरी भारतमा वा मलाई अप्ठेरो पो हुने हो कि? 

मिडियालाई म एक्दमै धन्यवाद दिन चाहन्छु। मलाई मेरो दाजुभाइले नेपालको सबै टेलिभिजन, अखबारले सहयोग गर्नु भयो। मेरो हौसला बढाउनु भयो। मद्दत गर्नुभयो। मेरो आवाजलाई जनजानसम्म पुर्‍याउन मलाई भूमिका दिनु भयो। मलाई अन्तरवर्तामा बोलाउनु भयो। 

मैले मेरो कुरा विश्वसम्म पुर्‍याउन पाएँ। भारतले पनि मेरो कुरा हेर्न पायो। त्यसैले म सम्पूर्ण मिडियाकर्मीलाई म धन्यवाद दिन चाहान्छु। तपाईहरुले पनि म प्रति शुभेच्छा  दिनुभएको हो शुभकामना दिनु भएको हो। हाम्रो मान्छे हो हुनपर्छ भनेर त्यो मोरल सर्पोट गर्नु भएको हो। त्यस कारण म तपाईहरु सबैलाई धन्यबाद दिन चाहन्छु। 

तर म त सत्यताको आधारमा उभिनु पर्‍यो नि। म त साधु हो। सन्यासी हो। सबै कुरा छोडेर मान पदसम्मान, पैसा, घर, परिवार सबै छाडेर सन्यास भैयो। अनि त्यसतकै झुठो अफवाहमा लाग्नु भएन। त्यस कारण म साँचो कुरा नेपाल हरेक व्यक्तिसम्म विश्व सम्म राख्न चाहन्छु।
 
हामी प्रक्रियामै छौँ। अलि अलि गुलियो कुरा त आएकै हो। कहिँ न कहिँबाट लिक भएकै हो। तर गुलियो कुरा कस्तो भने तपाई तयारी अवस्थामा बस्नोस्। भण्डाराको तयारीको पोजिसनमा।

तर हामीले एउटा प्रस्ताव राखेका छौ।  के प्रस्ताव राखिएको छ भने नेपाललाई पनि मठ कायम गरिनु पर्छ। भारतका चार ओटा मठहरु छन। मैले प्रस्ताव राखेको छु यो कुरा। भारतका चार ओटा मठहरु ऐतिहासिक रुपमा रहेका छन् तर नेपालमा आदि शंकराचार्या गुरु आएर पशुपतिनाथको पूजा गरी व्यवस्थापन गरी जानु भयो। प्रक्रिया अघि बढाएर जानु भयो। त्यतिखेर हामी नेपालीहरुले आफ्नो कुरा राख्न सकेनौ होला। आवाज उठाउन सकेनौ होला। अथवा हामीलाई थाहा नै भएन होला। त्यति खेरको पुर्वजहरुलाई मठ बनाउनु पर्छ होला। शंकराचार्य हाम्रो पनि देशको हो भनेर। 

त्यसैले त्यो कुरामा चुके पनि अब चाही हामी बुझ्ने भयौ नी? जन्ने भयौ सुन्यौ। हाम्रो देशलाई पनि गौरव प्राप्त हुनु पर्छ भनी। यो गौरव हामीले पनि प्राप्त गर्न पाउनु पर्छ। विश्वसामु नेपाल पनि जगत गुरुको नाउमा हर कुम्भ मेलामा रथ उठिनु पर्छ। मेरो थर महामण्डलेश्वरको हैसियतले कुम्भ मेलामा रथ लगेर शाही स्नान गर्छौ। नेपालको छोरीको तपाईको आफन्तको रथ उड्छ। चाँदीको रथमा सुनको छाता ओढेर चाँदीका डन्ठा बोकेर कटुवाल २ जना बोकेर हामीलाई नुहाउन लिएर जानु हुन्छ। त्यो गौरव त हामीले प्राप्त गयौ। 

तर हामीलाई अझौ यो गौरब प्राप्त गर्ने मौका मिलोस कि शंकराचार्य पनि यो देशमा रहन्छन। शंकराचार्यको पनि यो देश हो।
 
जसरी बुद्ध भगवानको देश हो नि सीता माता, पार्वती माताको, ऋषिमुनिको देश हो। त्यो शदियौको इतिहास फेरि कायम होस नेपाललाई एक शंकराचार्य गद्दी प्राप्त होस भनेर हामीले प्रस्ताव राखेको छ। त्यो प्रस्तावमा उहाँहरु एकदमै सकारात्मक हुनु हुन्छ। 

मैले उहाँहरुलाई अनुरोध गरेको छु। यदि चयन भएको खण्डमा महादेवले कृपा गर्नुभयो। पशुपति नाथले कृपा गर्नुभयो तपाईहरुको स्वेच्छा सकारात्मक खण्डमा लागू भएको खण्डमा यदि म चयन भए भने देखि मेरो रुद्राअभिषेक पशुपतिको प्राँगणमा हुनुपर्छ।
 
किनभने म जे हुँ मेरो भगवानलाई थाहा छ। मलाई जे गराउनु भयो त्यो त उहाँहरुले गराउनु भयो नि। मेरो प्राप्ति पनि मेरो भगवानको आँगनमा हुनुपर्छ भने प्रस्ताव राखेको छ। उहाँहरुले तपाईँ तयारी अवस्थामा बस्नु होस् है जे पनि हुन सक्छ। तर पूर्ण रुपमा चयन भएको छैन। 

तपाई चयन भयो भने नेपाललाई के फाईदा हुन्छ? 

गौरव प्राप्त हुन्छ नी। गौरव के प्राप्त हुन्छ भने एउटा नेपालको माटो जान्छ। त्यहाँ नेपालको सुगन्ध जान्छ। नेपालको छोरी। विश्व गुरु बन्छ नेपाल। म त प्रतिनिधि मात्र हुँ। हामी त केही गर्दैनौ। गर्छ भगवानले म त को हुँ। म त निमित्त हु। तर गर्ने त मेरो भगवानले हो नि। त्यसकारण भगवानले के गराउनु हुन्छ। विश्व गुरु बनाउनु हुन्छ नेपाललाई । वुद्ध भगवानको विश्व गुरुको जुन गौरव थियो नि त्यो बुद्ध भगवान र ऋषिमुनिको आशीर्वाद हामीलाई भएछ भने। दिव्या आत्माको आशीर्वाद भएछ भने। भगवानको आशीर्वाद रहन्छ भने, विश्व गुरु फर्काउछ। त्यो त ठुलो कुरा होनि? यो ऋषिमुनिको गौरवलाई म उजागर गर्न चाहन्छु। 

त्यति बेला त मेरो आवाज बुलन्द हुन सक्छनी। मेरो आवाज विश्वभर जान सक्छ। यो देश दिव्य आत्मा स्वयं देवतालाई अवतरित गरेको देश हो। नेपाल प्रवेश गर्दा पनि माटोलाई नमन गर्नु पर्ने देश हो। यो गौरवलाई म उजागर गर्न चाहन्छु। मेरो नामले गौरव होइन। 

मिडियामा आयो भन्नु हुन्छ, कसरी थाहा पाउनुभयो?

थाहा त मैले नै पाएको हो। मलाई नै फोन आएको हो। तयारी अवस्थामा बस्नु होस भनेको हो। तपाई शंकराचार्य भैसक्नु भयो भनेर होइन।
 
यसमा चुनौति आए के गर्नु हुन्छ? 

पछिका चुनौति हेरौला। तर अहिलेको हालचलले एउटा कुरा पक्कै हुनेवाला छ। किन भने यो देशले चाहियो अब। यो माटोले ओ आध्यत्मले परम्पराले नेपाल आमा स्वयंले आध्यत्मिक सत्गुरुको चयन गर्नका लागि माटोले चाहेको छ। यो माटोको माग हो तीर्थको पशुपतिनाथको माग हो, मैले जुन नेपाललाई शंकराचार्या मठको माग गरेको छु त्यो लागु हुन्छ। किनभने माटोले मान्यो। आवश्यकता त आफै आयो। देशको आवश्यकता हो। यो पुरा हुनु पार्यो। 

शंकराचार्य पीठ घोषणा गर्न केकस्तो प्रक्रिया पुरा गर्नुपर्छ होला? 

एउटा मठ कायम गर्नु पर्यो। पशुपतिनाथ मठ कायम हुन्छ। हाम्रो मठ पशुपतिनाथ हो। अब यहाँ शंकराचार्य बस्ने आश्रम हुन पर्छ। जहाँबाट देशभर आध्यात्मको सम्प्रेषण होस। 

अनि त्यस पछाडि रुद्रअभिषेक हुनपर्छ। हजारौ साधु सन्तहरुकोबीचमा त्यो शंकराचार्यलाई सम्मानित गरिन्छ। यही प्रक्रिया।
 
शंकराचार्य बन्न के योग्यता हासिल गर्नु पर्छ? 

शंकराचार्य शैव परम्परा हो। सन्यास परम्परा हो। शंकराचार्याहुन सन्यासी नै हुन पर्छ। 

अनि दोस्रो प्रक्रिया महामण्डलेश्वर भैसकेको हुनपर्छ। महन्थ मण्डलेश्वर र महामण्लेश्वर त्यो श्रेणीमा पुगिसकेपछि। अब त्यो भन्दा माथि के हो त भन्दा आचार्या मण्डलेश्वर  अनि शंकराचार्या हुन्छ। त्यो हुन पर्छ। अरु कुरा वाक शक्ति, जप शक्ति, कला कौशल कुराहरु हुन्छन्। त्याग तपस्या सबै कुराबाट पास भएको मान्छे शंकराचार्य हुन्छ। 

(शुक्रबार पशुपति मूलढोका अगाडि गरेको पत्रकार सम्मेलनमा व्यक्त विचार)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell