PahiloPost

Feb 24, 2018 | १२ फागुन २०७४

कागेश्वरी मनोहराको रिसोर्ट मूलगेट नजिकै भेटिएको शवको रहस्य प्रहरीले खुलायो


कागेश्वरी मनोहराको रिसोर्ट मूलगेट नजिकै भेटिएको शवको रहस्य प्रहरीले खुलायो
काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित निर्माणाधीन क्रिकेट मैदानको उत्तरतर्फ ग्राण्ड नोर्लिङ रिसोर्टको मूलगेटबाट केही मिटर दूरीमा बुधबार भेटिएको पुरुषको शवको रहस्य प्रहरीले खुलाएको छ।  फेला परेको छ।

 बिहान विद्यालय हिँडेका बालबालिकाहरुले रगताम्मे शव देखेपछि आत्तिँदै स्थानीयलाई खबर गरेका थिए। लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। 
 

प्रहरीले मृतकको नाम,थर, ठेगाना यकिन नखुलेको तर उनले खाजा खाने स्थानमा कसैले सानु मगर र कसैले मोटे भनेर पनि चिन्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

मगर र प्रेम खड्का भन्ने राजन कटुवालबीच करिब १ महिना अगाडि चिनजान भएको र साँखुमा ज्यामी काम गरेको तथा काम गर्ने सिलसिलामा जातीयतामा विवाद भएको कारण दुवैले पछि छुट्टाछुट्टै काम गर्ने गरेको अनुसन्धानमा खुलेको छ। 

मंगलबार बेलुका अन्दाजी ११ बजेतिर मगर राजन कटुवाल सुत्ने गरेको स्थानमा गएका थिए र यस क्रममा दुई बीच विवाद भएको र त्यही क्रममा  हात हालाहाल भएको थियो। 

कटुवालले मगरलाई लखेटी सडक छेउमा लगी चिरपट तथा ढुंगाले प्रहार गरी हत्या गरी फरार भएको अनुसन्धानमा देखिएको छ।

घटना पश्चात फरार रहेका अभियुक्त प्रेम खड्का भन्ने राजन कटुवाललाई माघ २४ गते महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी आवस्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
Department of Information Registration No. 382/073/74
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal