PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रकसँग जुध्यो दूध ट्याङ्कर : त्रिशुलीमा खस्दा दुईको मृत्यु



रासस

ट्रकसँग जुध्यो दूध ट्याङ्कर : त्रिशुलीमा खस्दा दुईको मृत्यु
फाइल फोटो

रत्ननगर : चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो।

चितवनका  प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ। बिहान करिब ६ बजेको समयमा उक्त दुर्घटना भएको हो। 

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ। सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन्। घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell