PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सवारी दुर्घटनामा पछिल्लो पाँच वर्षमा ९ हजारको मृत्यु



पहिलोपोस्ट

सवारी दुर्घटनामा पछिल्लो पाँच वर्षमा ९ हजारको मृत्यु

काठमाडौँः नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन्।

नेपाल प्रहरीको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ। आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा दुई हजार ३८४ र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन्। “दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,”– उनले भने।

आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्त अर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन्।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ। दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ। तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटनाका अन्य मुख्य कारण भएको प्रहरीको भनाई छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell