PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्यालेन्स सकिए पनि कल नकाटिने : नेपाल टेलिकमले सुरु गर्‍यो नमस्ते क्रेडिट



पहिलोपोस्ट

ब्यालेन्स सकिए पनि कल नकाटिने : नेपाल टेलिकमले सुरु गर्‍यो नमस्ते क्रेडिट

काठमाडौं: नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिक उत्सवको अवसर पारेर नमस्ते क्रेडिट सुरु गरेको छ। अबदेखि प्रिपेड प्रयोगकर्ताहरुले मोबाइलमा न्यून ब्यालेन्स भएको बेला पनि पैसा सकिएर कुरा रोक्नुपर्ने छैन।

तपाईको फोनमा १ रुपैयाँ मात्रै ब्यालेन्स भएपनि तपाईले चाहिएजति कुरा गर्न सक्नु हुन्छ। त्यसपछि तपाईले मोबाइलमा रिचार्ज गरेको बेला उक्त क्रेडिट आंशिक रुपमा टेलिकमले काट्दै जानेछ। उक्त क्रेडिट लिए वापत टेलिकमले अतिरिक्त शुल्क लिने छैन।

१४ औं वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र राज्यमन्त्री तप्तबहादुर बिष्टले उक्त सेवाको उद्घाटन गरेका छन्।

सर्वाधिक बिल भुक्तानी गर्ने संस्था सम्मानित
कन्टिनेन्टल मार्केटिङ प्रालिले एक अर्ब ८४ करोड ८२ लाख रुपैयाँको रिचार्ज कार्ड तथा सिम बिक्री गरेकोमा नेपाल टेलिकमले सम्मान गरेको छ। त्यसैगरी रिकर्ड कन्सर्नले एक अर्ब ४६ करोड र सनलाईट मल्टिपर्पोजले एक अर्ब ३१ करोड रुपैयाँको सेवा बिक्री गरेका छन्।

मोबाइलमा टपअप गराउनेमा पे-पोइन्टले एक अर्ब १२ करोड रुपैयाँ र इलेक्ट्रोनिक पेमेन्टले ९९ करोड ५२ लाख रुपैयाँको मोबाइल टपअप गरी सम्मानित भए।

जिएसएम पोस्टपेडबाट सबैभन्दा बढी बिल भुक्तानी गर्ने संस्थागत ग्राहकको रुपमा ९ लाख ४६ हजार रुपैयाँ बिल भुक्तानी गरेको सूर्य नेपाल र व्यक्तिगत रुपमा एक लाख ९७ हजार रुपैयाँ बिल भुक्तानी गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ।

त्यसैगरी लिजलाइन फोनको सबैभन्दा बढी बिल भुक्तानी गर्ने सर्वोच्च अदालत पनि सम्मानित भएको छ। उसले एक करोड ६८ लाख रुपैयाँ बिल भुक्तानी गरेको छ।

पिएसटिएन ल्याण्डलाइनमा त्रिभुवन विमानस्थल कार्यालयले ४२ लाख रुपैयाँ बिल भुक्तानी गरी सम्मानित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell