PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिइओ बन्न नियमले नदिएपछि अनिल शाह नबिल बैँकको डेपुटी सिइओ नियुक्त



सिइओ बन्न नियमले नदिएपछि अनिल शाह नबिल बैँकको डेपुटी सिइओ नियुक्त

काठमाडौं : नबिल बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) पदमा बैंकर अनिल शाह नियुक्त भएका छन्। आज बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई डेपुटी सिइओ नियुक्त गरेको हो।

मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक जान ठिक परेका शाह शशिन जोशीको बहिर्गमनपछि उनको उत्तराधिकारीका रूपमा नबिल आउन लागेका थिए। तर, नेपाल राष्ट्र बैंकले ६ महिने कुलिङ पिरियड लागू गरेपछि शाहको नबिलको सिइओ बन्ने बाटो बन्द भएको थियो। तर, सिधै सिइओ बन्ने बाटो छेकिएपछि शाहलाई नबिलले डेपुटी सिइओको रूपमा भित्र्याउने भएको हो।

नबिल बैंक सञ्चालक समिति स्रोतका अनुसार शाहले ६ महिना निमित्त सिइओका रूपमा काम गर्नेछन् भने त्यसपछि उनलाई सिइओमा बढुवा गरिनेछ। राष्ट्र बैंकले एक संस्थाबाट अर्को संस्थाको नेतृत्वमा सिधै जाँदा स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिने भएकाले ६ महिना संस्था बाहिर बस्नुपर्ने नियम (कुलिङ पिरियड)को व्यवस्था गरेको थियो। तर, नबिल बैंकले त्यसको धज्जी उडाउँदै शाहलाई नयाँ जिम्मेवारी दिएको छ।

शाह ८ वर्षअघि नबिलकै सिइओबाट बाहिरिएका थिए। मेगा बैंकमा दुई कार्यकाल सिइओ भएपछि उनी सेन्चुरी जाने अन्तिम तयारीमा थिए। तर, राष्ट्र बैंकले तलबमा अंकुश लगाइदिएपछि सेन्चुरी नगई उनी फेरि नबिल फर्किन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell