PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

व्यवसायीको रोहबरमामात्र छापा मार्नुपर्थ्यो-वीरगंज सुनचाँदी व्यवसायी संघ



पहिलोपोस्ट

व्यवसायीको रोहबरमामात्र छापा मार्नुपर्थ्यो-वीरगंज सुनचाँदी व्यवसायी संघ

वीरगंजः मध्य क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय पथलैयाकोले सुनचाँदी पसलमा मारेको छापाप्रति पर्सा सुनचाँदी व्यवसायी संघले विरोध जनाएको छ।

आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष निरजकुमार सर्राफ ‘मुन्ना’ले राजस्वको शैलीप्रति विरोध जनाएका हुन्। उनले राजस्व टोलीले वीरगंजका सुन व्यवसायीलाई तर्साउन खोजेको आरोप लगाए। 

‘राजश्वलाई छापा हान्न अधिकार छ, तर अपराधी जस्तो होइन, मितव्ययी किसिमले छानविनको प्रक्रिया र तौरतरिका अपनाउनु पर्यो,' उनले भने।

सम्मेलनकै शुरुमा उनले भने, ‘राजस्वले छापा मार्दा पछि के हुन्छ, त्यो सबैलाई थाहा छ, धेरै भनिराख्नु परेन।’

‘अध्यक्ष ज्यु, छापामारी ऐन बमोजिम थियो,  कि थिएन,  तर राजस्वमा के हुन्छ?’  भन्ने जिज्ञासामा उनले रहस्य खुलाउँदै भने, ‘राजस्वले छापा मारेपछि व्यापारीको जति राम्रो कागजात भएतापनि उसलाई राजस्व कर्मचारीले दुख दिने गर्छन।’

छापा मारेको घटनापछि कसरी सेटलडाउन हुन्छ भन्ने कसैसँग त्यसको रेकर्ड र राजस्वले समेत त्यस विषयमा मौन रहदै आएको उनले आरोप लगाए। उनले छापा मार्दा संघको प्रतिनिधिको रहोबरमा छापा मार्न माग गरेका छन्। यसरी पसल सञ्चालकलाई सहज र राजस्वलाई सहयोग गर्न हिम्मत जुट्छ भन्ने उनको भनाई थियो।

राजस्व बुझाउने व्यवसायीले भयरहित बातावरणमा व्यापार गर्न पाउनुपर्ने उनको माग थियो। संघले सोमबार न्यूओम ज्वेलर्स र बलाजी ज्वेलर्समा राजस्वले मारेको छाप प्रति दुःख व्यक्त गर्दै बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउने कार्यक्रम तय गरेको छ।

यदि स्थानीय प्रशासनले भयरहित वातावरण सिर्जना गर्न आश्वासन दिन सकेन भने संघ आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell