PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौंः काठमाडौंको गोकर्णमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। सोमबार राति ८ बजे बा ३ ख ८५२१ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय नरबहादुर नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नगरकोटीको उपचारकै क्रममा ओम अस्पताल चाबहिलमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell