PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आमिर खानको सेक्रेट सुपरस्टारको चीनमा १ साताको कमाइ भारतकोभन्दा सात गुणा बढी!



पहिलोपोस्ट

आमिर खानको सेक्रेट सुपरस्टारको चीनमा १ साताको कमाइ भारतकोभन्दा सात गुणा बढी!

भारतीय दर्शकले आमिर खानको पछिल्लो फिल्मलाई अरु फिल्म झै रुचाएनन् तर चिनियाँ भने उनको यो फिल्मबाट व्यापक प्रभावित भएका छन्। भारतमा रिलिज भएर एक सातामा जति यो फिल्मले कमायो, त्यसको सात गुना बढी कमाई चीनमा त्यति नै अवधिमा कटायो। 

ट्रेड एनलिस्ट तरन आदर्शले जारी गरेको विजनेस फिगरले पक्कै पनि आमिरको मुहार चहकाउने छ। पहिलो साता सेक्रेट सुपरस्टारले चीनमा २ सय ९३ करोड भारु कलेक्सन गर्यो। यो फिल्मले भारतमा एक सातामा कूल ३९ करोड ३० लाखमात्र कलेक्ट गरेको थियो। 

आमिर खानको लगानीमा बनेको लो बजेट फिल्ममा आमिर खान सपोर्टिङ एक्टरका रुपमा मात्र देखिएका छन्। फिल्मको लिड क्यारेक्टर जायरा वासमीले निर्वाह गरेकी छिन्।

सेक्रेट सुपरस्टारभन्दा अगाडि आमिर खानले चाइनिज बक्स अफिसमा दङ्गलबाट भब्य कमाइ गरिसकेका छन्। गत वर्षको बाहुबलीले भन्दा बढी कमाउने फिल्म दंगल बन्नुमा चिनियाँ दर्शकबीच लोकप्रिय हुनु रह्यो। विश्वव्यापी रुपमा २ हजार २ सय करोड कलेक्सन गरेको छ दंगलले जसलाई उछिन्न बलिउडका फिल्महरुले कति समय कुर्नुपर्ने हो भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell