PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ऋचा शर्मा र अर्पण थापाको नयाँ प्रोजेक्ट 'फेरि फेरि' सुरु



पहिलोपोस्ट

ऋचा शर्मा र अर्पण थापाको नयाँ प्रोजेक्ट 'फेरि फेरि' सुरु

काठमाडौं: कमेडी जनरामा फिल्म ‘फेरि फेरि’ बन्ने घोषणा भएको छ। पुरन थापाको लेखन तथा निर्देशनमा बन्ने फिल्मको मंगलबार शुभ मुर्हत समेत भयो। फिल्मका लागि अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहनेछ। यी दुईको संयुक्त प्रोजेक्ट 'फिर्के' तीन साता अघि मात्र सार्वजनिक भएको थियो। तर फिल्मले व्यवसायिक सफलता हात पार्न सकेन।

फिल्म युनिट माघ १८ गतेदेखि छायांकनका लागि फ्लोरमा निस्कनेछ। फेरि फेरि पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनिक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिने जानकारी दिइएको छ। 
 

फेरि फेरिमा अर्पण थापा, ऋचा शर्मा, बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दैछन्। फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, विकास चौधरी र पुरन थापाको संगीत छ।

घोषणा कार्यक्रममा फेरि फेरिको निर्माण कम्पनी माता बसुन्धारा मुभीजले प्रथम महिला बोर्ड अध्यक्ष नीकितालाई सम्मान गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell