PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुई दिनको बैठक : हारको हिसाबकिताव खोज्ने कांग्रेसको निर्णय



पहिलोपोस्ट

दुई दिनको बैठक : हारको हिसाबकिताव खोज्ने कांग्रेसको निर्णय

काठमाडौं : दुई दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चुनावी हारको समीक्षा गर्ने निर्णय गर्दै सकिएको छ। पार्टी नेतृत्वको आलोचना भए पनि बैठकले नेपाली कांग्रेसलाई अब कतातिर लैजाने भन्ने विषयमा कुनै ठोस कदम चाल्ने संकेत देखाएन।

बिहिबारबाट बसेको केन्द्रीय समितिको बैठक शुक्रबार राति सकिएको हो। सधै बलियो रुपमा स्थापित हुँदै आएको नेपाली कांग्रेस यसपटक भएको तीन तहको निर्वाचनमा नराम्ररी पराजित पछारिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हारको गम्भीर समीक्षा गर्नुपर्ने भन्दै जिल्ला, गाउँ र नगरका ईकाइहरुलाई एक महिनाभित्र निर्वाचन हारको रिपोर्ट बुझाउन निर्देशन दिएको हो।

केन्द्रीय सदस्य तथा पदाधिकारीको भनाइलाई आधार मान्दै गाँउ र नगरका ईकाइहरुलाई निर्वाचन रिपोर्ट माग्ने निर्णय बैठकले गरेको कांग्रेस कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए।

रिजालका अनुसार बैठकले तीनबुँदे निर्णय गरेको छ। जसमा निर्वाचन हारको समीक्षा गर्न जिल्लादेखि गाउँसम्मको इकाई र प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी बैठकमा सदस्यहरुले राखेको मतका आधारमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेको छ। 

कांग्रेसले तीनै तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र यसमा सहयोग पुर्याउने निर्वाचन आयोग, सबै दल, सुरक्षाकर्मी, मानवअधिकारवादी सबैलाई धन्यवाद दिने निर्णय गरेको छ।

बैठकको सुरुमै प्रधानमन्त्री एवं सभापति देउवाले यी तिनै विषयमा छलफलका लागि प्रस्ताव गरेका थिए। बैठकमा तीन दर्जनभन्दा बढी केन्द्रीय सदस्यले देउवाप्रति आक्रोश पोखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell