PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डा गोविन्द केसीद्वारा त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग



पहिलोपोस्ट

डा गोविन्द केसीद्वारा त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग

काठमाडौं: स्वास्थ्य क्षेत्रको सुधारको लागि लामो समययता संघर्ष गर्दै आएका डा गोविन्द केसीले त्रिविका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

अदालती आदेश र सरकारको निर्णय नै लत्याउँदै त्रिविका पदाधिकारी अघि बढ्न लागेको भन्दै केसीले उनीहरुलाई बर्खास्त गर्न माग गरेका हुन्।

आज विज्ञप्ति जारी गर्दै डा केसीले भनेका छन्, ‘अदालती आदेश तथा सरकारको निर्णयअनुसार चिकित्साशास्त्र अध्ययन संस्थामा हाल कायम रहेका तथा वरिष्ठताका आधारमा नियुक्त डिनलाई हटाउन हाल त्रिविका पदाधिकारी लागेका छन्।’ 

विज्ञप्तिमा थप लेखिएको छ, ‘भ्रष्ट त्रिवि पदाधिकारीहरुको यस्तो चलखेल रोक्न उनीहरुलाई बर्खास्त गर्नुको विकल्प नभएको यथार्थ पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं। ’

मेरिटका आधारमा विद्यार्थी छानेर निजी मेडिकल कलेजमा पठाउने काम चलिरहेको बेला भइरहेको यस्तो चलखेल मेडिकल माफियालाई बल पुर्याउने भन्दै केसीले ती पदाधिकारीलाई हटाउन माग गरेका हुन्।

यसैगरी डा केसीले अदालतको आदेश, कुलपति समेत रहेका प्रधानमन्त्री नेतृत्वको मन्त्रिपरिषदको निर्णयसमेत लत्याउँदै माफियाहरुको स्वार्थपूर्ति गर्न नयाँ डिन वा कार्यवाहक डिन नियुक्त गरेमा सशक्त प्रतिरोध गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell