PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सकियो नेपथ्यको मोफसल यात्रा: ३ सहरमा दियो प्रस्तुति



पहिलोपोस्ट

सकियो नेपथ्यको मोफसल यात्रा: ३ सहरमा दियो प्रस्तुति

काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यको मोफसल यात्र सकिएको छ। विहीबार भैरहवामा आयोजित कन्सर्टसँगै योपटकको यात्रा समापन भएको हो। झापा, चितवन र भैरहवामा नेपथ्यको कन्सर्ट आयोजना भयो।

दमकबाट सुरु भएको यात्रा, नारायणगढ हुँदै पक्लिहवामा गएर टुङ्गियो। कार्यक्रममा नेपथ्यले आफ्नो नयाँ तथा पुराना गीतहरु सुनाउनुका साथै ब्यान्ड स्थापनाको स्मरणहरु सुनाए र केही सम्बन्धित फोटोहरु पनि देखाए। 

भैरहवाको कन्सर्ट केही फरक रह्यो। किनकी योपटक ब्यान्डले खुला आकाशमुनी प्रस्तुति दिएको हो। पक्लिहवा स्कूलको मैदानमा आयोजित कार्यक्रममा सयौं दर्शक स्रोताको उपस्थिति रह्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell