PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

४ करोडको कोकिनसहित २ विदेशी पक्राउ



सविन ढकाल

४ करोडको कोकिनसहित २ विदेशी पक्राउ
प्रतीकात्मक फोटो

काठमाडौं : करिब २ किलोग्राम कोकिनसहित दुई विदेशी पक्राउ परेका छन्। 

बोलिभियन नागरिक फ्रेदी र थाइल्यान्डकी खुन्जाइन खनारलाई प्रहरीले कोकिनसहित पक्रेको हो। उनीहरु दुवै काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट गिरफ्तार भएका हुन्।

उनीहरुसँग प्रहरीले १ हजार ९ सय ग्राम कोकिन बरामद गरेको हो। यसको नेपाली मूल्य करिब ४ करोड रुपैयाँ पर्न आउँछ। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले विशेष सुचनाका आधारमा यी दुईलाई पक्रेको हो।   

'पक्राउ परेका दुवै भरियामात्र भएको देखिएको छ,' डिआइजी ठूले राईले जानकारी दिए। उनका अनुसार सुटकेसमा कार्बन पेपरले बेरेर उनीहरुले कोकिन भित्र्याएका हुन्। 

राईले दिउको जानकारीअनुसार थाइल्यान्डकी खुन्जाइन खनारले आफ्नै प्रेमीले पठाएको अवैध लागू औषध भित्र्याएकी हुन्।

उनीहरु बोलिभियाबाट ब्राजिल, इथोपिया हुँदै नेपाल भित्रिएका थिए। नेपालबाट थाइल्यान्डको बैंकक जाने तयारीमा रहेको खुलेको छ। नेपाल कोकिनको कारोबारको ट्रान्जिट मुलुकका रुपमा कारोबारीहरुले प्रयोग गर्दै आएका छन्। विगत डेढ वर्षको अन्तरालमा कोकिन जफत भएको यो तेस्रो पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell