PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एमाले केन्द्रीय कार्यालयमा कार्यरत बस्नेतको दुर्घटनामा मृत्यु



पहिलोपोस्ट

एमाले केन्द्रीय कार्यालयमा कार्यरत बस्नेतको दुर्घटनामा मृत्यु
तस्बिर प्रदीप ज्ञवालीको ट्वीटरबाट

काठमाडौँ: भक्तपुरको सिर्जनानगरमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा चार घाइते भएका छन्। 

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १३ का ३५ वर्षीय रोशनकुमार बस्नेत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते बस्नेतको उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको हो। 

मृतक बस्नेत एमाले केन्द्रीय कार्यालयमा कार्यरत थिए। 

गएराति ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीमा पछाडिबाट गइरहेका बा ४४ प ५१५२ र बा ८५ प ७०४६ नम्बरको दुइवटा मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा ५१५२ नम्बरको मोटरसाइकल चालक बस्नेतको मृत्यु भएको हो। 

दुर्घटना सोही मोटरसाइकलमा रहेका काभ्रे कोशीपारी ८ का केदार खनाल घाइते भएका छन्। यस्तै ७०४६ नम्बरको मोटरसाइकल चालक दोलखा शैलुङ्ग गाउँपालिकाका मनोज योञ्जन र रामेछापका धावा मोक्तान घाइते भएका छन्। घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell