PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला



मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला

कोलम्बो : महिलाहरुलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् । 

उनीहरुले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्ट्याउन लागेको भन्दै सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेका यहाँको राज्य संचालित सञ्चार माध्ययमले बिहीबार जनाएको छ । 

केही दिन अगाडि अर्थ मन्त्रालयले गरेको निर्णयलाई खारेज गर्न सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि महिलाले मदिरा प्रतिबन्धको निर्णय खारेजका लागि अदालतमा चुनौती दिएका हुन् । 

श्रीलङ्काको सरकारले केहीदिन अगाडी महिलाले मदिरा पसलमा काम गर्न वा मदिरा उपयोग गर्न पाउने व्यवस्था गर्ने जनाएको थियो । 

प्रतिबन्ध फुकुवा गर्ने निर्णय खारेज गर्न सरकारले गरेको तयारीका विरुद्धमा लोकप्रिय अभिनेतृ समानालि फोन्सेकालगायतका महिलाहरुले सरकारलाई चुनौती दिएका छन् । 

उनीहरुले सरकारको यो कदमलाई देशका महिलाका लागि निष्ठुर, अव्यवहारिक, अवैज्ञानिक, पुरातनवादी र विभेदकारी कदमको संज्ञा दिएका छन् ।

सरकारले केहीदिन पहिलो महिलाहरूले अब लाइसेन्सप्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन कसैको अनुमति लिनुनपर्ने निर्णय गरेको थियो । 

अर्थमन्त्रीले महिलाहरुलाई पनि मदिरा प्रयोग तथा बेचविखन गर्न खुल्ला गरिएको घोषणा गरेपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले खारेज गर्न आह्वान गरेका थिए। 

राष्ट्रपति सिरिसेनाले सन् २०१६ मा पनि पछिल्ला वर्षहरुमा देशमा रक्सी सेवन गर्ने महिलाहरुको संख्या नाटकीय रूपमा बढेको बताएका थिए ।

६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको अर्थमन्त्रीले घोषणा गरेका थिए। 

महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको थियो । 

अर्थ मन्त्रालयले स्थानीय समय अनुसार बेलुका ११ बजेसम्म मदिरा पसल खोल्न पाइने व्यवस्था गरिने बताएको थियो । 

सरकारको यो निर्णयप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएपनि कतिपयले भने यस निर्णयका कारण महिलाहरू रक्सीको लतमा फस्नसक्ने चिन्ता व्यक्त गरेका छन् । श्रीलंकामा बहुसंख्यक महिलाहरू मदिरालाई आफ्नो संस्कृतिको विपरीत ठान्छन् । 

अर्थमन्त्रीले कानून परिमार्जनको घोषणालाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् र सरकारलाई त्यसका लागि धन्यवाद पनि दिएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell