PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सलट्यान्ट भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी शनिबार आउने



गोविन्दराज नेपाल

नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सलट्यान्ट भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी शनिबार आउने
फोटो : timesofindia.indiatimes.com

काठमाडौं : नामिवियामा अर्को महिना हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू का लागि नेपालको ब्याटिङ कन्सलट्यान्टका रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी आउँदैछन्।

सुलक्षण पर्सी शनिबार नेपाल आउने नेपाली टोलीका हेड कोच जगत टमाटाले पहिलोपोस्टलाई बताए।

नेपालले ब्याटिङ कन्सलट्यान्टका लागि अर्का भारतीय प्रशिक्षक मोन्टी देसाईलाई ल्याउन चाहेपनि क्राइटेरिया नमिलेको र आइसीसीले पनि देसाई बाहेक अरु नै प्रशिक्षकको नाम पठाएपछि नेपालले सुलक्षणलाई छनोट गरेको हो।

'सुलक्षण शनिबार नेपाल आउँदैछन्। उनी डिभिजन टू भरीका लागि हामीसँग हुनेछन्। अहिलेलाई आइसीसीले त्यती समयका लागि पठाएको छ।' टमाटाले भने। नेपाले डिभिजन टू को टप टू मा रहे उनको सम्झौता के हुन्छ भन्ने प्रश्नमा टमाटाले भने, 'डिभिजन टू को टप मा रहे त्यसबारे फेरी छलफल गरेर अगाडी बढ्नेछौँ। हामी उनलाई निरन्तरता नै दिनेछौँ तर त्यसका लागि आइसीसीले अप्रुभ गर्नुपर्छ।' सुलक्षणको आगामी सम्झौता बारे टमाटाले भने।

डिभिजन टू का लागि आइसीसीले सुलक्षण सँगै ३ जना भारतीय प्रशिक्षकको नाम नेपाल पठाएको थियो।

तर १७ वर्ष प्रशिक्षण सम्हालिसकेका र रणजी ट्रफीमा समेत मुम्बईलाई च्याम्पियन बनांइसकेका प्रशिक्षक भएका कारण सुलक्षणलाई छनोट गरेको टमाटाको भनाई छ।

यसअघि टमाटासँगको कुराकानीमा देसाईलाई ल्याउन चाहेपनि उनलेलामो समय नेपाल आउन चेहको तर यहाँ राखेपले ६ महिनाको मात्र सम्झौता दिने भएका कारण नमिलेको बताएका थिए।

देसाईले यसअघि नेपालको सिनियर टोली र यू-१९ टोलीको कन्सलट्यान्ट भएर काम गरिसकेका छन्।

नेपालको ब्याटिङ कन्सलट्यान्टको रुपमा छानिएपछि कुलकर्णीले खुशी लागेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ। ‘इन्टरनेशनल टिममा कोचिङ गर्न पाउदा म खुशी छु। यो मेरो लागि ठूलो अवसर हो। नेपाल टी-२० वर्ल्ड कपको लागि छनोट भएको थियो र वर्ल्ड कप खेलेको अनुभव छ। नेपाललाई अर्को चरणमा छनोट गराउन म सक्दो प्रयास गर्नेछु।’

 

को हुन् सुलक्षण?

५१ वर्षीय कुलकर्णीसँग भारतको विभिन्न घरेलु टोलीमा खेलेको र प्रशिक्षण सम्हालेको अनुभव छ। उनलाई विशेष गरी आफ्नै प्रशिक्षणमा मुम्बईलाई रणजी च्याम्पिन बनाएको कारण धेरै सम्झिइन्छ।

उनले भारतका विभिन्न घरेलु टिमका लागि प्रथम श्रेणीका खेलहरु खेलपनि टेस्ट र वान डे क्रिकेट भने खेलेनन्। विकेटकिपर ब्याट्सम्यान कुलकर्णीले ६५ फस्ट क्लबास र १३ लिस्ट ए क्रिकेट खेलेका छन्।

सन् १९८५ देखि २००२ सम्म भारतका घरेलु टोलीहरु मुम्बई, रेलवेज, आसाम, विदर्भा र मध्य प्रदेशका लागि उनले रणजी ट्रफी खेलेका थिए।

उनले फस्ट क्लासमा ३ हजार ३३२ रन बनाएका छन्। जसमा ६ शकत र १३ अर्धशतक सामेल छ। यस्तै उनले १२२ क्याच र २१ स्टम्पिङ समेत गरेका छन्।

कुलकर्णीले लिस्ट ए मा १३० रन बनाएका छन् भने १० क्याच र २ स्टम्पिङ गरेका छन्।

२००२ मा सन्यासको घोषणा गरेका कुलकर्णीले त्यसपछि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आईरहेका छन्।

उनले सन् २००८ देखि ३ वर्ष विदर्भाको प्रशिक्षकको रुपमा रहँदा २०११ मा विदर्भलाई मुस्ताक अलि जोनल टी-२० को उपाधी जिताएका थिए।

त्सपछि सन् २०११ मा उनी मुम्बईको प्रशिक्षक बने। २०११-१२ को सिजनको रणजी ट्रफी मै उनले मुम्बईलाई सेमिफाइनलसम्म पूर्‍याए। २०१२-१३ मा उपाधी नै उचालेको थियो। त्यसपछि २०१३-१४ मा मुम्बई क्वाटरफाइनलबाटै बाहिरिएपछी उनलाई बर्खास्त गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell