PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सामान चोरीदेखि बलात्कारसम्मका उजुरी, कति सुरक्षित छन् नेपालमा पर्यटक?



सविन ढकाल

सामान चोरीदेखि बलात्कारसम्मका उजुरी, कति सुरक्षित छन् नेपालमा पर्यटक?

काठमाडौँ : 'म सोह्रखुट्टेमा बस चढ्न लाग्दै थिएँ। एक वृद्ध महिलाले सहायता मागिन्। मैले शिरमा भिरेको झोला सडकमा राखेर उनलाई बसमा चढाए। त्यतिखेर नै अर्को पुरुष आएर मेरो झोला लिएर फरार भए।'

एक जर्मन नागरिकले केही दिनअघि नेपालबाट जर्मन पुगेर महानगरीय पर्यटन प्रहरीलाई इमेलमा यस्तो उजुरी दिँदै हराएको सामान खोजिदिन आग्रह गरेका छन्। 

उनी एक प्रतिनिधि पात्र मात्र हुन्। पर्यटक प्रहरी शाखा भृकुटीमण्डप आर्थिक वर्ष २०७३/७४ मा सामान हराएको भन्दै विदेशबाट २२ वटा इमेल आएका थिए जसमध्ये प्रहरीले १२ जनाको सामान फेला पारी फिर्ता गरेको प्रहरीको दावी छ। 

शाखाकी प्रमुख प्रहरी निरीक्षक रुपा थापा भन्छिन्, 'पछिल्लो समय पर्यटकका हराएका र छुटेका सामाग्रीहरु फेला पार्ने क्रम बढेको छ। गाडीमा छुटेका सामानहरु पनि फिर्ता हुने गर्छ।'

पर्यटकको सुरक्षा र सुविधाको लागि देशभर नेपाल प्रहरीको छुट्टै समूह पर्यटक प्रहरी रहने गरेको छ। यसमा २२७  जनाको दरबन्दी रहेको छ। उपत्यकामा ९९ जना पर्यटक प्रहरी र देशबाहिरका ११ वटा जिल्लामा १२८ प्रहरी कार्यरत छन्।

पर्यटकको सामान चोरीदेखि बलात्कारसम्म

आर्थिक वर्ष २०७३/७४ मा पर्यटकहरुले आफूहरुको सामान हराएको, चोरी भएको,  पकेट मारेको लगायत गरेर ६ सय ८७ वटा उजुरी गरेका थिए। सबैभन्दा बढी उजुरी सामान हराएको र गाडी तथा होटेलमा छुटेको हुने गरेको छ। सामान चोरी भएको भन्दै २ सय १ वटा उजुरी परेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा ३ सय ६ वटा उजुरी परिसकेका छन्। यसमा पनि सबैभन्दा बढी सामान हराएको नै छन्। 

यस वर्ष भने बलात्कार गरिएको भन्दै एक पर्यटकले उजुरी दर्ता गराएका छन्। 

आर्थिक वर्ष ७०/७१ मा ९८४ वटा उजुरी आफू ठगिएको भन्दै पर्यटकले दिएका थिए। आर्थिक वर्ष ७१/७२ मा यो सङ्ख्या घटेर ८६१ पुगेको थियो। ७२/७३ मा झनै ५७१ वटा मात्र उजुरी परेको पर्यटक प्रहरी, भृकुटीमण्डपले जानकारी दिएको छ। 

त्यसो त पर्यटकहरु भिसाको समय सकिएपछि र बेखर्ची बनेपछि पनि प्रहरीकोमा पुग्ने गर्छन्। होटेलमा बसेर पैसा दिन सकेपछि पनि प्रहरी कहाँ आउने गरेको प्रहरी निरीक्षक थापा बताउँछिन्। पर्यटकले पनि नेपाल आएर ठगी र चोरी समेत गर्ने गरेका छन्। पर्यटककरुले ठगी गरेको फाटफुट रिपोर्ट पनि प्रहरीमा आउने गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell