PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

टोकियोः जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।

घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका घाइतेको विवरण थाहा हुन सकेको छैन।

घटना मंगलबार भएको भए पनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो। उनीहरु दुबै दुई वर्षअघि रोजगारीका लागि जापान आएको खुलेको छ। सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए।

टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेको नम्बर नखुलेको कारले पछाडिबाट उनीहरुलाई ठक्कर दिएको प्रहरीको भनाई छ।

दुईजनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डोर्‍याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ। दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत घोषित गरेको थियो।

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ। नियन्त्रण गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा जापानस्थित कुनै पनि नेपाली समाजले आधिकारिक रुपमा केही बोलेका छैनन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell