PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भेट्रान्स एट ए साइड फुटबल खेलमा चार टिम विजयी



नरहरि पौड्याल

भेट्रान्स एट ए साइड फुटबल खेलमा चार टिम विजयी

पोखरा : पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकद्धारा संचालित ‘सातौँ स्व रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को बुधबारको खेलमा भारतको कंचनजंघा, इन्द्रेणी एकिकृत विकास केन्द्र, आयोजक बगर भाइखलक ए र दिप युनाइटेड विजयी भएका छन्।

बुधबारको पहिलो खेलमा भारत कंचनजंघाले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित गर्‍यो। सिलिगुडीका लागि म्यान अफ दि म्याच विद्या राई र सुरज थापाले एक एक गोल गरे। लेकसाइड पोखराका तर्फबाट पंकज घिमिरेले एक गोल गरे।

त्यसै दोश्रो खेलमा इन्द्रेणी एकिकृत विकास केन्द्र पोखराले साइनिङ सन कैलालीलाई २–१ गोल पराजित गर्‍यो। इन्द्रेणीका लागि राम प्रसाद गुरुङ र चित्र थापाले एक एक गोल गरे भने साइनिङ सनका लागि सुमन श्रेष्ठले एक गोल फर्काए। उनी खेलका म्यान अफ दि म्याच घोषित भए।

चितवन भेट्रानले जावलाखेल युथ क्लब काठमाडौलाई ३–० गोलले परारिजत गरेको छ। बिजयी टिमका रबिन्द्र श्रेष्ठले २ र सूर्य नारायण मानन्धरले एक गोल गरे। तर खेलमा उत्कृष्ट खेल पदर्शन गर्दै म्यान अफ दि म्याचको पुरस्कार जावलाखेलका राज कुमार केसीले पाए।

दिप युनाइटेड पोखराले सिमरन भेट्रान्सलाई टाइब्रेकरमा हरायो। निर्धारित समयको खेल २–२ गोल भएपछि टाइब्रेकरमा दिप युनाइटेड ३–२ गोल अन्तरले विजयी भयो। खेलको निर्धारित समयमा पूर्व राष्ट्रिय खेलाडी बसन्त गुरुङले दिप युनाइटेडका लागि २ र प्रेम पुनले एक र सिमराका लागि रमेश कुमार शर्माले २ गोल गरेका थिए। खेलमा गुरुङ म्यान अफ दि म्याच घोषित भए।

बेलायतको बगर भाइ खलक युकेको टिम खेलको निर्धारित समयमा मैदानमा उपस्थित हुन नसक्दा वाक ओभरका आधारमा आयोजक बगर भाइ खलक ए विजेता बनेको हो। बगर भाइ खलक युकेको टिम फ्लाइट ढिला भएका कारण उपस्थित मैदानमा हुन नसकेको आयोजकले जनाएको छ।

४० देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने सचिव मानकाजी गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell