PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य



पहिलोपोस्ट

आयल निगमले फेरि बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल, मट्टितेलमा मूल्य बढाएको हो। 

निगमले पेट्रोलमा एक रुपैयाँ, डिजल र मट्टितेलमा दुर्इ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरार्इले जानकारी दिए। यो मूल्य बढेपछि पेट्रोल १ सय ३ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ७१ रुपैयाँ कायम भएको छ।

निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। निगमले गत मंसिर २३ मा मात्र इन्धनमा मूल्य वृद्धि गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell