PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुंगीले ६ विकेट लिएपछि भारत १३५ रनले पराजित, ३ खेलको सिरिज दक्षिण अफ्रिकाले जित्यो



पहिलोपोस्ट

लुंगीले ६ विकेट लिएपछि भारत १३५ रनले पराजित, ३ खेलको सिरिज दक्षिण अफ्रिकाले जित्यो

डेब्युटान्ट लुंगी एनगिदीले दोस्रो इनिङ्समा ६ विकेट लिएपछि दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा भारतलाई १३५ रनले पराजित गर्दै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।

जितका लागि भारतलाई दोस्रो इनिङ्मा २८६ रन चाहिएको थियो। तर लूग्लीले दोस्रो इनिङ्मा शानदार बलिङ गरेपछि भारत पाँचौ तथा अन्तिम दिन १५१ रनमै अलआउट भयो। भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन बनाए।

३५/३ बाट अन्तिम दिनको खेल सुरु गरेको भारतले ११६ रन जोड्ने क्रममा बाँकी ७ विकेट गुमायो।

भारतको इनिङ्सलाई ध्वस्त पार्न लुंगी एनगिदीले अन्तिम दिन एक्लैले ५ विकेट लिए। खागिसो रबाडाले १ विकेट झारे। समग्रमा लुंगीले ३९ रन मात्र खर्चेर ६ विकेट लिए भने रबाडाले ३ विकेट लिए।

सेन्चुरियनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अप्रिकाले पहिलो इनिङ्समा ३३५ रन बनाएको थियो भने दोस्रो इनिङ्समा २५८ रन जोडेको थियो। भारतले पहिलो इनिङ्समा ३०७ रन बनाएको थियो।

केप टाउनमा भएको पहिलो टेष्ट दक्षिण अफ्रिकाले ७२ रनले जितेको थियो। तेस्रफ टेष्ट जोहानेसवर्गमा जनवरी २४ मा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell