PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किम कार्डासियन र कान्या वेस्टको तेस्रो सन्तान सेरोगेसीमार्फत  



पहिलोपोस्ट

किम कार्डासियन र कान्या वेस्टको तेस्रो सन्तान सेरोगेसीमार्फत  

अमेरिकी कलाकार तथा सञ्चारकर्मी किम कार्डासियन र उनका पती र्‍यापर कान्या वेस्टले आफ्नो तेस्रो सन्तान सेरोगेसीमार्फत जन्मिएको जानकारी दिएका छन्। उनीहरुले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उक्त खबर सार्वजनिक गरेका हुन्।

यसअघि चार वर्षिय छोरा नर्थ र २ वर्षिय छोरी सेन्टको अभिभावक रहेका यी कलाकार जोडीको तेस्रो सन्तान छोरी हो। कार्डासियनले 'हाम्री छोरीसँग हामी प्रेममा परेका छौं।' उनले स्वस्थ र सुन्दर छोरी यही जनवरी १५ रातको १२ बजेर ४७ मिनेटमा जन्मिएको जानकारी दिएकी छिन्। जन्मदा ७.६ पाउन्ड तौल रहेको छोरीको नाम भने सार्वजनिक भएको छैन। 

कार्डासियनले आफ्नो सपना पुरा गर्न सहयोग गर्ने सेरोगेन्ट, डाक्टर र नर्सलाई विशेष धन्यवाद व्यक्त गरेकी छिन्। उनले आफ्ना दुई सन्तान नर्थ र सेन्ट आफ्नो बहिनीलाई स्वागत गर्न तयार रहेको जनाइन्। कार्डासियनको 'प्लासेन्टा आक्रेटा' नामक पाठेघरको गम्भिर समस्याका कारण पुन: आमा बन्न नसक्ने भएकी छिन्। त्यसैले यो दम्पत्तीले सेरोगेसी अपनाएका सेलिब्रेटी वेबसाइट टिएमजीले जनाएको छ।

टिएमजीमा उल्लेख गरिए अनुसार यो दम्पत्तीले सेरोगेसीका लागि ४५ हजार अमेरिकी डलर तिरे। सेरोगेन्ट आमालाई गर्भावस्थाभर चुरोट, रक्सी नपिउन, तातो पानीले ननुहाउन र कपाल नरङ्गाउन निर्देशन दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell