PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१३औँ ढोरपाटन महिला डबल लिग भलिबल भोलीदेखि, भाग्यमानी दर्शकलाई स्कुटर



पहिलोपोस्ट

१३औँ ढोरपाटन महिला डबल लिग भलिबल भोलीदेखि, भाग्यमानी दर्शकलाई स्कुटर

काठमाडौं : १३औँ संस्करणकमो रेडबुल ढोरपाटन महिला युएम डबल लिग भलिबल च्याम्पियनसिप भोलीदेखि सुरु हुँदैछ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा काठमाडौं र मोफसलका लागि कूल १२ टोलीको सहभागिता रहनेछ। मुख्य प्रायोजकमा आगामी ३ वर्षका लागि रेडबुलको साथ पाएको प्रतियोगिताको विजेताले नगद ३ लाख २५ हजार हात पार्नेछन्।

माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा गरेको आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्यालले बुधबार जानकारी दिए।

बुधबार आयोजित कार्यक्रममा को-स्पोनसरका रुपमा रहेका बिजी महल र सामाखुशी इंगलिस बोर्डिङ (शेब) स्कुलले चेक हस्तानतरण गरेका छन्। बिजी महलले १ लाख १० हजार तथा सेब स्कुललले १ लाख बराबरको चेक अध्यक्ष छन्त्याललाई हस्तानतरण गरिएको हो। सेब स्कुलले जर्सी र अन्य ब्रान्डिङ गरी थप १ लाख बराबरको रकम समेत प्रायोजन गर्ने छन्त्यालले बताए।

आयोजककले मुख्य प्रायोजकको रुपमा रेडबुलसँग वार्षिक ११ लाख लिने गरी ३ वर्षका लागि ३३ लाखको सम्झौता गरिसकेको छ।

दुई साता भन्दा बढी समय सञ्चालन हुने च्याम्पियनसिपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, शिवम् न्यू डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पुर्वाञ्चल क्षेत्रिय महिला भलिबल, काठमाडौँको पारामाउन्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ।

साबिक विजेता रिड मोडल कलेजले भने यस पटक सहभागिता जनाएको छैन।

१५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको लिगको खेल तालिका सार्वजनिक भइसकेको छ। सेकेण्ड लिगको खेल तालिका १५ गते नै सार्वजनिक गर्ने आयोजक क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन्। चौथोदेखि सातौँ हुनेले क्रमश: ५० हजार, ४० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्ने छन्।

यसैगरी बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचले ५-५ हजा हात पार्नेछन्।

खेल हेर्नका लागि पहिलो चरणमा १००, दोस्रो चरणमा १५० तथा फाइनलमा ३ सय टिकट शुल्य रहेको छन्त्यालले बताए।

 

दर्शकलाई पनि स्कुटर

यसपटक आयोजकले कूल ५ स्कुटर प्रदान गर्दैछ। जसमध्ये ४ स्कटर खेलाडीलाई तथा एक स्कटुर भने दर्शकलाई प्रदान गरिनेछ। बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने चार विधाका उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन्। यस्तै प्रतियोगिताभरी टिकट काटेर खेल हेर्ने दर्शकमध्ये भाग्यशाली एक दर्शकलाई पनि स्कटुर प्रदान गर्नेछौँ। क्लबका अध्यक्ष छन्त्यालले बताए।

अन्तिम दिन लक्की ड्र बाट मार्फत विजेता दर्शक छनोट गरिने र स्कुटर प्रदान गरिने मनविरले जानकारी दिए।

प्रत्येक दिन एक दर्शकले लक्की ड्र बाट डाइमण्ड मोबाइल पनि पाउनेछन्।

च्याम्पियनसिपको पहिलो दिन भोली ५ खेल हुँदैछन्।

पहिलो चरणको खेल तालिका 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell