PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

असन-इन्द्रचोकमा चार पाङ्ग्रे सवारी निषेध, कहाँ कहाँ निषेध?



असन-इन्द्रचोकमा चार पाङ्ग्रे सवारी निषेध, कहाँ कहाँ निषेध?

काठमाडौँ : असन,इन्द्रचोक र यस आसपासका भित्री सडकमा चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । स्थानीय निकायको समन्वयमा आवागमन सहज बनाउन उक्त क्षेत्रमा ४ पाङग्रे सवारी साधनलाई विहान ७ बजे देखि बेलुकी ७ बजेसम्म निषेध गरिएको छ।
 
इन्द्रचोकबाट वटु,असन र भेडासिंह जाने ४ पाङग्रे गाडीलाई जान निषेध गरिएको छ । यस्तै थँहितिबाट ज्वालामाई हुँदै असन जाने र थँहितिबाट सिधै असन जाने ४ पाङग्रे गाडीलाई पनि निषेध गरिएको छ । ज्याठा,कमलाछी,भोटाहिटी,महाबौद्धबाट असनतर्फ पनि ४ पाङग्रे सवारी साधन जान पाउने छैनन्।
 
असन भोटाहिटी सडकखण्डमा भने आजबाट सबै प्रकारका सवारी साधनलाई रोक लगाइएको छ । भेडासिंहबाट नघल बाङगेमुढा र इन्द्रचोकसम्मको सडकलाई पनि २४ सै घण्टा एकतर्फी बनाइएको छ । यसअघि ट्राफिक प्रहरीले ठमेल र पशुपती क्षेत्रका भित्रि सडकलाई भेइकल फ्री जोन बनाइसकेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell