PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोनाल्डिन्होले लिए सन्यास



पहिलोपोस्ट

रोनाल्डिन्होले लिए सन्यास
फोटो : गार्जियन

सन् २००२ को विश्वकप विजेता ब्राजिलियन फुटबल खेलाडी रोनाल्डिन्होले सन्यास लिंएका छन्।

रोनाल्डिन्होका दाजु रोबर्टो असिसले मंगलबार सन्यास लिएको बताएका हुन्। 'हि हाज स्टप्ड इट, इट इज इन्डेड’, असिसको भनाई उल्लेख गर्दै बीबीसीले जनाएको छ।

३७ वर्षीय रोनाल्डिन्होले २०१५ यता फुटबल खेलेका छैनन्। उनले ब्राजिलका लागि एक पटक कोपा अमेरिकाको उपाधि समेत जितेका छन्। रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल खेल्दै ३३ गोल गरेका छन्। उनले सन् २००२ को विश्वकपमा इंगल्याण्ड विरुद्ध गरेको फ्रिकिक गोल विश्व चर्चित बनेको थियो।

सन् २००५ मा बालोन डे ओर विजेता रोनाल्डिन्होले २००६ मा बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। यस्तै रोनाल्डिनहोले दुई पटक स्पानिस ला लिगा ए एकपटक इटालियन सिरी ए को उपाधि समेत जितेका छन्।

ब्राजिलियन क्लब ग्रेमिओबाट क्लब फुटबल करियर सुरु गरेका रोनाल्डिन्होले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन, बार्सिलोना, इटालियन क्लब एसी मिलान बाट युरोपियन लिग खेले।  पछिल्लो समयमा उनले ब्राजिलकै फ्लेमेङ्गो, एथल्टिको मिनेइरो, फ्लुमिनेन्स बाट पनि खेले। यस्तै मेक्सिकोको क्वेटारोबाट पनि क्लब फुटबल खेले।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell