PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय ब्याडमिन्टन : शिक्षा र शोभा दोस्रो चरणमा, दिपेशलाई नगदसहित सम्मान



पहिलोपोस्ट

राष्ट्रिय ब्याडमिन्टन : शिक्षा र शोभा दोस्रो चरणमा, दिपेशलाई नगदसहित सम्मान
शोभा गौचन, फोटो : राखेप

कञ्चनपुर : एपीएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले राखेप च्याम्पियनसिप अन्तर्गत भएको ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।

महेन्द्रनगरस्थित कभर्डहलमा सुरु भएको प्रतियोगितामा शिक्षाले सुदूरपश्चिमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभा गौचनले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन्।

यसैगरी मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती केसीलाई २१–८, २१–१९ ले पराजित गरिन्। पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा बिष्टलाई २१–११, २१–१४ ले, पूर्वाञ्चलकी सिमा राजबंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१–४, २१–५ ले, सेनाकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१–४, २१–३ ले, मध्यमाञ्चलकी सोफी खत्रीले पश्चिमाञ्चलकी सुन्दरा खनाललाई २१–१२, २१–७ ले, पूर्वाञ्चलकी निता लम्सालले पश्चिमाञ्चलकी सकुन्तला भुषाललाई २१–१०, २१–९ ले, सेनाकी रशिला महर्जनले मध्यपश्चिमकी रितु लिगललाई २१–६, २१–६ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरेका छन्।

अन्य खेलमा मध्यमाञ्चलकी श्रेया प्रधानले मध्यमाञ्चलकी सुईजोङ्ग जिएमलाई २१–३, २१–३ ले, एपीएफकी सिता राईले मध्यमाञ्चलकी मनिषा खड्कालाई २१–१३, २१–१२ ले, पूर्वाञ्चलकी जेशिका गुरुङले सुदूरपश्चिमकी रञ्जना भट्टलाई २१–७, २१–११ ले, मध्यपश्चिमकी दूर्गा शर्माले पश्चिमाञ्चलकी सुन्दरी थारुलाई २१–६, २१–१० ले तथा सेनाकी अमिता गिरीले मध्यमाञ्चलकी महिमा श्रेष्ठलाई २१–५, २१–२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन्।

मंगलबार भएको पुरुषतर्फको क्वालिफाइङ राउण्डबाट आ-आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै पश्चिमाञ्चलका विश्वास नेपाल र विशाल खड्का, पूर्वाञ्चलका प्रनिश सिंह ठकुरी र सुदूरपश्चिमका चिरण बिष्ट मुख्य प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

प्रतियोगिताको उद्घाटनका अवसरमा सुदूरपश्चिमका उदियमान खेलाडी दिपेश धामीलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो। यस्तै सुदूरपश्चिममा ब्याडमिन्टन खेलको विकासमा पूर्‍याएको सहयोगको लागि क्षेत्रनारायण खत्रीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष र महिला एकल तथा जोडी, मिक्स जोडी र पुरुष/महिला टिम इभेन्टसमा खेल खेलाईने छ।

प्रत्येक क्षेत्रमा ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता रहेकोछ। जसमा पुरुष टिमले महिला टिम ईभेन्टसमा सहभागिता जनाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell