PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकार नै गठबन्धन तोड्न लाग्यो : बामदेव गौतम



पहिलोपोस्ट

भक्तपुर : नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्। 

समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए। उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने बताए।

नेता गौतमले भने–“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संसद  बैठक बोलाउँछ, बैठक बस्छ, आफैँ नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौं।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए। - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell