PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का निकाल्ने



राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का निकाल्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा विशेष सिक्का बजारमा ल्याउने भएको छ। मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।
 
केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३/३ हजार थान निस्कासन हुने छन्। 
 
१०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुने छ भने १००० रुपैयाँ दरको चाँदीको हुने छ। सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा हुने छ। सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुने छ। यो सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell