PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

न तीन दलको बैठक बस्यो, न मन्त्रिपरिषद्को बैठक 



न तीन दलको बैठक बस्यो, न मन्त्रिपरिषद्को बैठक 

काठमाडौँ : आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको प्रमुख तीन दलको बैठक बस्न सकेन। 

प्रदेश प्रमुख तोक्नुअघि कांग्रेस, एमाले र माओवादीबीच छलफल हुने जनाइएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले बालुवाटारमा तीन दलबीच हुने भनिए पनि छलफल हुन नसकेको बताए। 

प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले पनि दलका नेताहरुबीच छलफल हुन नसकेको बताए। प्रधानमन्त्री पार्टीको काममा बिहानैदेखि व्यस्त रहेको सचिव देउवाले जनाए।

आजै बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक पनि दिउँसो १ बजेसम्म बस्न सकेको छैन। बैठक आज नबस्ने जानकारी सचिव देउवाले दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell