PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकप खेलेका नेपाली नेत्रहीन क्रिकेट टोली प्लेनमा फर्कने पक्का



पहिलोपोस्ट

विश्वकप खेलेका नेपाली नेत्रहीन क्रिकेट टोली प्लेनमा फर्कने पक्का

काठमाडौं : नेत्रहीन एकदिवसीय विश्वकप क्रकेट खेल्न जाँदा रेलमा पाकिस्तान पुगेको नेपाली नेत्रहीन क्रिकेट टोली फर्कँदा प्लेनमा फर्कने भएका छन्।

पहिलो पटक नेत्रहीन एकदिवसीय विश्वकपमा सहभागिता जनाएको नेपालले अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सुदख अन्त्य गरेको थियो।

नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस)को अगुवाईमा सकंल गरेको रकम खर्च गरेर नेपाली टोलीलाई प्लेनमा फर्काउने पक्का भएका समाजका अध्यक्ष भानु सिग्देलले बताए।

नेपाली टोली हाल युएईमा छ र जनवरी २१ मा २२ सदस्यी नेपाली टोली युएईबाट फ्लाई दुबईमा नेपाल आउनेछ। दुबई इन्टरनेशनल एअरपोर्टबाट नेपाली टोली काठमाडौं आउनेछ।

त्यसका लागि एनसिएसएसले २२ जनाकै टिकट बुक गरिसकेको सिग्देलले जानकारी दिए। उक्त टिकट युएईमा रहेका एनसिएसएसका प्रतिनिधि महेन्द्र गुरुङले नेपाली टिमलाई उपलब्ध गराउनेछन्। फ्लाई दबुईले टिकटमा ३० प्रतिशत छुट दिएको र त्यसबापत एनसिएसएसले कम्पनीको प्रमोसनमा सहयोग गर्ने सम्झौता भएको समेत सिग्देलले जानकारी दिए।

यस्तै २२ जनाको टिकटको लागि ३ लाख १० हजार खर्च भएको र संकलन भएको बाँकी रकम नेपाली टोलीलाई सम्मानसहित प्रदान गर्ने सिग्देलले बताए।

नेपाली टोली आर्थिक अभावका कारण बस र रेलमा चार दिन लगाएर विश्वकप खेल्न पुगेको थियो। सरकार र खेलकुदका विभिन्न निकायले समेत वेवास्ता गरेपछि क्रिकेट समर्थक समाजले नेपाली टोलीलाई प्लेनमा फर्काउने अभियानसहित रकम संकलन गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell