PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या



पहिलोपोस्ट

अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या
प्रतीकात्मक तस्बिर

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी एक महिलाले पुरुषको हत्या गरेकी छन्। आफूलाई अचेत बनाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गरेको भन्दै ती महिलाले पुरुषको हत्या गरेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षीया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालिका २ देहीमाडौंका २५ वर्षीय राजु बोहोराको हत्या गरेकी हुन्।

आफूलाई खाने कुरामा नसालु पदार्थ मिसाएर खुवाइ अश्लील भिडियो बनाएको र त्यही भिडियो देखाएर ब्ल्याकमेल गरेको भन्दै धर्माले सोमबार राति धारिलो हतियार प्रहार गरी राजुको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या अभियोगमा पक्राउ परेकी बोहोरालाई प्रहरीले हिरासतमा राखेर थप कारबाही अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell