PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्डले भने, '७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेछ'



प्रचण्डले भने, '७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्नेछ'

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा ७० वर्षपछि पाँच वर्ष टिक्ने स्थायी सरकार बन्ने दावी गरेका छन्। 

चौथो तारेभिर महोत्सवको आज गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उनले भने, 'नेपाली जनताले राजनीतिक स्थिरताको पक्षमा मतदान गरेका छन्, नेपाली जनताको मतलाई हामी सम्मान गरेर राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धि दिन तत्पर छौँ।'

विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको उनले बताए।

'नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ', उनले स्पष्ट पारे।  

'पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेकाले अब पछाडि फर्कने कुनै पनि बाटो रहेको छैन', उनले भने, “नेपाली जनताले पार्टी एकतालाई मतद्वारा अनुमोदन गरिसकेका छन्।' राससको सहयोगमा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell