PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि



पहिलोपोस्ट

एपीएफलाई पेनाल्टीसुटआउटमा हराउँदै आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि
फोटो : सिताराम ओझा

काठमाडौं : त्रिभुवन आर्मीले दोस्रो संस्करणको सुदूर पश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ।

सोमबार धनगढीमा भएको विभागीय डर्बी फाइनल भिडन्तमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट लिइएको हो। पेनाल्टीसुटटउटमा आर्मीका पाँचै खेलाडीले गोल गरे भने एपीएफका सुदिप शिख्राकार गोल गर्न असफल रहे।

पेनाल्टीसुटआउटमा आर्मीका लागि नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे। एपीएफका अन्जन विष्ट, युवराज खड्का, पाल्साङ लामा र रन्जन विष्टले गोल गरे।

उपाधिसँगै आर्मीले नगद ११ ख ११ हजार १११ रुपैयाँ हात पारेको छ। जुन नेपालकै सर्वाधिक नगद पुरस्कार राशी रहेको नकआउट टुर्नामेन्ट हो। उपविजेता एपीएफले नगद ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ।

आर्मीका नवयुग श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार नगद हात पारे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका कप्तान भरत खवास घोषित भए। उनले एक थान यामाहा मोटरसाइकल हात पारे।

प्रतियोगिताभर ३ गोल गरेका एपीएफका अन्जन विष्ट सर्वाधिक गोलकर्ता बने। उनले नगद १५ हजार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell