PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म कोहलपुर एक्सप्रेस: प्रिक्वेल रिलिजअघि सिक्वेल घोषणा



पहिलोपोस्ट

फिल्म कोहलपुर एक्सप्रेस: प्रिक्वेल रिलिजअघि सिक्वेल घोषणा

काठमाडौं: पोस्ट प्रोडक्सन फेजमा रहेको फिल्म 'कोहलपुर एक्सप्रेस'को सिक्वेल घोषणा भएको छ। आइतबार फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले फिल्मको दोस्रो संस्करण बनाउन सक्ने बारे जानकारी दिएकी हुन्।

आइतबार फिल्मका निर्देशक विशाल भण्डारीको जन्मदिनको उपलक्ष्यमा फिल्मको दोस्रो भाग बनाउने संकेत गरेकी हुन्। केकीले भनिन्,'कोहलपुर एक्सप्रेस २ बनेपनि निर्देशक विशाल भण्डारी नै हुनुहुनेछ।' उनले सिक्वेल बनाउने उदेश्यसहित फिल्मको कथा टुङ्ग्याएको जानकारी समेत दिइन्।

केकी अधिकारी र अर्का निर्माता भद्रबहादुर शाहीले एकसाथ फिल्म सिक्वेल घोषणा गरेका हुन्।

गत साता फिल्म कोहलपुर एक्सप्रेस युनिट पहिलो गीत 'सी ए डब्लयु काउ' रिलिज गर्ने तयारीमा थियो। 'माघमा रिलिज गर्दा उचित होला भनेर केही दिनलाई रोक्यौं।'

कोहलपुर एक्सप्रेस तीन युवतीको यात्राको कथा हो। जहाँ लोभ लालचमा फस्ने फसाउने काम हुन्छ। कलाकारहरु केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको अभिनय रहनेछ। फिल्मलाई बिशाल भण्डारीले निर्देशन गर्दैछन्। भण्डारीको पनि यो निर्देशकिय डेब्यु हुने फिल्म हो।

अर्जुन तिवारीले खिच्ने फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बासकोटाको संगीत रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell