PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतका प्रधान न्यायाधीशविरुद्ध उत्रिएका चार न्यायाधीश के गर्दैछन्?



पहिलोपोस्ट

भारतका प्रधान न्यायाधीशविरुद्ध उत्रिएका चार न्यायाधीश के गर्दैछन्?

नयाँ दिल्ली : भारतको सर्वोच्च न्यायालयका चार वरिष्ठ न्यायधिशले प्रधान न्यायाधीशविरुद्ध पत्रकार सम्मेलन गरेर अदालतमाथि प्रश्न उठाए। उनीहरुले चर्कोरुपमा उठाएको मुद्दाले राष्ट्रव्यापी बहस सिर्जना गरिरहेको छ। सर्वोच्च न्यायिक निकायमाथि प्रश्न उठाउने न्यायाधीशहरु चाहिँ के गरिरहेका छन् त? धेरैको चासोको विषय हो। टाइम्सअफइन्डियाका अनुसार विद्रोहीका रुपमा उभिएका चारै जना न्यायाधीश सोमबारबाट आफ्नो नियमित काममा फर्केका छन्।

१२ जनवरीमा पत्रकार सम्मेलन गरेर प्रधान न्यायाधीशको कार्यशैलीको चर्को आलोचना गरेका चार न्यायाधीशहरु जे चेलमेश्वर, राजन गोगी, मदन बहादुर लोकुर र कुरिन जोसेफले सोमबारबाट अदालतमा जिम्मेबारी सम्हालेका हुन्।

विद्रोही बनेर उभिएका न्यायाधीशहरुले अदालतमा बेन्च निर्धारण लगायतका विषयमा प्रधान न्यायाधीशले चलखेल गरेको आक्षेप लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell