PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कृमा अनमोलकी नायिका अदितीका आठ पोज

कृमा अनमोलकी नायिका अदितीका आठ पोज


काठमाडौं: फिल्म 'कृ'मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्न लागेकी अभिनेत्री अदिती बुढाथोकीले फिल्म युनिटमार्फत नभएर स्वयं पत्रकार सम्मेलन आयोजना गरिन्। फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक वा जानकारी दिनको लागि आयोजित कार्यक्रम भने थिएन। अदितीले परिचयात्मक भेटका लागि फिल्म पत्रकारहरु बोलाएकी हुन्। आयोजित 'मिट एण्ड ग्रिट' कार्यक्रममा भनिन्,'धेरै समय इन्डिया बस्दै आएकी छु, नेपाली पत्रकारहरु धेरैलाई चिन्दिन। त्यसैले यो कार्यक्रममार्फत सबैसँग परिचय गर्न चाहेकी हुँ।'

तोहाब कम्पनीसँगको सम्झौताका कारण उनी पाँच वर्षसम्म भारतमै रहने छिन्। उनले भारतीय टिभी विज्ञापन र गीतहरुमा अभिनय गरिसकेकी छिन्। साथै तेलेगु फिल्मका लागि पनि अनुबन्धित भैसकेकी छिन्। कृ प्रचार प्रसारका लागि नेपालमा रहेकी अदितीले नेपाली फिल्म पत्रकारहरुलाई आफ्नो पृष्ठभूमि बारे जानकारी दिइन्। 

अदितीले नेपालमा पनि र्‍याम्प र म्यागजिनहरुमा काम गरिसकेकी थिइन्। कृ उनको पहिलो फिल्म भएपनि अनमोल केसीसँग ड्रिम्सका लागि पनि उनी पहिलो रोजाई थिइन्। 'तर त्यो समय म पढ्दै थिएँ। अभिनयको लागि तयार पनि थिईंन। अहिले ठिक समय भयो जस्तो लागेर कृमा काम गरेकी हुँ', उनले स्पष्ट पारिन्।

अनमोल स्टारडम देखेर कृ नखेलेको प्रष्ट पार्दै उनले आफूलाई स्क्रिप्ट र टीम उत्कृष्ट लागेको बताइन्। ‘म चलेको र नयाँ जोसुकैसँग काम गर्न रुचाउँछु, स्टार भन्ने कुरा हुँदैन’ भन्छिन्, ‘तर, कथावस्तु र टीमले मलाई प्रोजेक्ट छनौट गर्न सघाउँछ।'


ट्रेन्डिङ पोस्ट

Ncell