PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखराका दुई स्थानबाट १२ जुवाडे पक्राउ



पहिलोपोस्ट

पोखराका दुई स्थानबाट १२ जुवाडे पक्राउ

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका दुई ठाउँबाट जुवा ताज खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ११ रानीपौवा स्थित रमेश पण्डितको घरमा डेरा गरी बस्ने अशोक शाहको कोठामा ६ जना र पोखरा लेखनाथ १८ खपैदीस्थित स्यूर स्पोर्ट रेष्टुरेण्टबाट ६ जनालाई तास र नगद सहित पक्राउ गरेकोछ।

रानीपौवाबाट ९० हजार र खपैदीबाट ५० हजारसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदी कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ रानीपौवा बस्ने बर्ष ३४ को अशोक शाह, वर्ष ३१ को कृष्ण थापा, वर्ष ४८ को गोपाल नेपाली, वर्ष ४० को वीर बहादुर नेपाली, वडा नंम्वर १३ काहुखोला बस्ने वर्ष ४२ को प्रेम राना, वडा नंम्वर ६ लेकसाईड बस्ने वर्ष ३० को बसन्त श्रेष्ठ रहेका छन्।

त्यसैगरी खपैदीस्थित स्यूर स्पोर्ट रेष्टुरेण्टबाट पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड बस्ने वर्ष ५८ का कृष्ण पौडेल, वर्ष ५५ को भरत लामिछाने, वर्ष ४८ को बिनोद थापा, वर्ष ४५ को महेन्द्र बहादुर थापा र वडा नम्वर १८ खपौदी बस्ने वर्ष ४६ को बिष्णु प्रसाद तिमल्सिना रहेको प्रहरीले जनाएको छ।

उनिहरुलाई जिल्ला प्रशासन कार्यलयबाट म्याद थपगरि जुवातास ऐन अनुसार कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell