PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'पिंजडा ब्याक अगेन' काठमाडौं रिलिज टार्गेट फेरियो



पहिलोपोस्ट

'पिंजडा ब्याक अगेन' काठमाडौं रिलिज टार्गेट फेरियो

काठमाडौं: निखिल उप्रेती स्टारर फिल्म 'पिंजडा ब्याक अगेन'को काठमाडौं रिलिज टार्गेट फेरिएको छ।  माघ ४ गतेबाट प्रदर्शनमा आउने घोषणा भएको फिल्म उक्त मितिमा मोफसलमा मात्र प्रदर्शन हुने भएको हो। उपत्यकामा माघ ५ गतेबाट फिल्म हलमा लाग्नेछ।

चलचित्र निर्माता संघले एक सातासम्म फिल्मको होल्ड ओभर कायम राख्न सुरु गरेको 'फ्राइडे रिलिज' नियमलाई आत्मसात गर्दै पिंजडा ब्याक अगेन युनिटले रिलिज टार्गेट एकदिन पछि सारेको हो।

सोनाम ल्होसारको बिदा लक्षित गरी फिल्म विहीबार रिलिज गर्न लागिएको थियो। विहीबार रिलिज हुने यो पहिलो फिल्म भने होइन। लभ सासा, चपली हाइट २, रुद्र लगायत फिल्म रिलिज भएका थिए। निर्देशक हिमाल केसीले वितरण कम्पनिहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमती भएको बताए ।

श्रीराम बरालको प्रस्तुतीमा तयार भएको फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्माता छन्। फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ। निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसी लगायत लिड रोलमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell